Logo

बादललाई क-कस्ले गर्यो घात



काठमाडौं, ६ जेठ । नेकपा एमालेको स्थायी कमिटी बैठकको प्रेस विज्ञप्तिले निवर्तमान गृहमन्त्री रामबहादुर थापा बादललाई घात भएको संकेत मिल्छ । एमाले प्रवक्ता प्रदीप ज्ञवालीले बागमती प्रदेशमा सम्पन्न राष्ट्रिय सभा सदस्यको उपनिर्वाचनमा पार्टीको निर्देशनविपरीत आधिकारिक उम्मेदवारविरुद्ध मतदान एको र तयसलाई गम्भीरताका साथ लिएको निर्णयबारे उल्लेख गरेका छन् ।

बागमती प्रदेशमा एमालेका मतदाताले बादलविरुद्ध खिमलाल देवकोटाविरुद्ध मतदान गरेको हो भने बादलको जीत्ने सम्भावना कमजोर हुन्छ । यसअघि नै माधव नेपालले बादललाई साथ नदिने स्पष्ट जवाफ दिइसकेका थिए ।

बादललाई घात ओली पक्षबाट पनि भएको हुनसक्ने विषय अहिले चर्चामा छ । उनलाई एमालेभित्र अगाडि बढ्न नदिन एउटा तप्का सक्रिय रहेको र घात गरेको हुनसक्नेबारे बादल समूहभित्र चर्चा चलेको छ । हुनपनि आजै सर्वोच्च अदालतको आदेशले उनीसहित ७ पूर्वमाओवादी नेताको मन्त्री पद स्वतः गयो । यो घटनाले बादल समूह गम्भीर भएको बुझिएको छ ।

एमाले पार्टीले अपिल नै गरेर बादललाई मतदान गर्न भनेको थियो । प्रधानमन्त्री ओलीले आचारसंहिता नै उल्लंघन गरेर अपिल जारी गरेका थिए । तर, माधव नेपाल समूहले बादललाई साथ दिनेमा चुइक्क सम्म बोलेन । ओली समूहका केही प्रभावशाली नेताहरुले पनि बादलको गृहमन्त्रीबाट बर्हिगमनको चाहना राखेका थिए । जुन अदालतको आदेश र सम्भावित बादलको चुनावी पराजयले पूरा हुने देखिएको छ ।-फाइल तस्बिर



प्रतिक्रिया दिनुहोस्