काठमाडौं, ७ जेठ । जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले लौरो उभ्याएर भएपनि धारा ७६ को उपधारा ५ अनुसार वैकिल्पक सरकार गठन गर्नुपर्ने भन्दै दलहरुलाई आग्रह गरेका छन् । सामाजिक सञ्जाल ट्विटरमार्फत उनले यस्तो टिप्पणी गरेका छन् ।
उनले लेखेका छन्-‘संसद,संविधान,लोकतन्त्रको रक्षा आजको अहं प्रश्न हो!जे गरेर रक्षा हुन्छ त्यही गरौं।सबैले आवस्यक त्याग/बलिदान गरौं।लौरो उभ्याएर भए पनि७६(५)को वैकल्पिक सरकार दिऊॅ!आजै गरौं,अहिल्यै गरौं! बिपी/पिएलदेखि हाम्रो पुस्तासम्मले लडेर ल्याएको संविधान/लोकतन्त्रको रक्षा नभए इतिहासले धिक्कार्नेछ !’