एजेन्सी, ७ जेठ । कोलस्ट्रोलले हाम्रो शरीरमा कोशिका झिल्ली र केही हर्मोन र भिटामिन–डी निर्माण गर्न मद्दत गर्छ । हाई कोलस्ट्रोलको अर्थ हाम्रो रगतमा ‘नराम्रो’ एलडिएल घुम्नु हो ।
यो हाम्रो शरीर भित्रको धमनिमा जम्मा भएर बस्ने भएकोले यसलाई उच्च कोलस्ट्रोल भनिएको हो । उच्च कोलस्ट्रोल भएको शरीरले चेतावनी संकेत दिएको हुन्छ तर धेरैले ख्याल गरेका हुँदैनौ । प्रकृतिले नै हामीलाई सामान्यतया संकेतको रुपमा चेतावनी दिएको हुन्छ । त्यस्तै, शरीरमा कोलस्ट्रोल उच्च हुँदा हात, छाला र आँखामा भएका परिर्वतनलाई ध्यान दिनुपर्छ ।
हात दुख्नेः जब धमनीहरुको भित्री भाग फाट्छ, कोलस्ट्रोल, वोसोयुक्त पद्वार्थ, सेलुसलर फोहोर पद्वार्थहरु, क्याल्सियम र फाइनब्रिन मिलेर जम्न थालेपछि रक्त प्रवाहमा अवरोध आउछ । यतिबेला एथेरोस्क्लेरोसिस अवस्था पैदा हुन्छ । त्यसको असर हातमा पर्छ ।
छालामा वृद्विः यदि तपाईको छाला पहेलो वा सुन्तला रंगको देखिएको छ भने बुझनुस् की छाला भित्र कोलस्ट्रोल जम्दैछ । आँखाको तल्लो भागमा अजिब रेखा देखिन्छन् । त्यस्तै, हत्केलाको पछाडी दुख्न थाल्छ, र खुट्टाको पछाडी भाग दुख्ने जस्ता समस्या भएमा चिकित्सकलाई भेट्नुपर्छ ।
आँखामा नीलो रिंगः धेरै व्यक्तिहरुको आँखाको कर्नियाको बाहीरी भागमा निलो वा खरानी रिंग हुन्छ । त्यो अवस्थालाई आर्कस सेनिलिस भनिन्छ । सामान्यतया यसलाई बुढ्यौलीको सामान्य लक्षण मानिन्छ । तर जब जवान व्यक्तिलाई यस्तो भएमा (४४÷४५) हाइपरलिपिडिमिया हो र यसले ह्दय रोगको जोखिम बढेको संकेत गर्छ । Agency