Logo

यसकारण गर्नुहुँदैन् अत्यधिक परफ्युमको प्रयोग



अधिकांश मानिसहरु घरबाट बाहिर निस्कनु भन्दा पहिला परफ्युमको प्रयोग गर्छन् । कोही मानिस परफ्युमको यति धेरै सौखिन हुन्छन् कि घन्टैपिच्छे पनि प्रयोग गरिरहन्छन् । आज हामी परफ्युम अत्यधिक प्रयोग गर्दा स्वास्थ्यमा कस्तो असर गर्छ त त्यसको बारेमा चर्चा गर्छौ ।

छालामा भएको प्राकृतिक तत्व सोस्छः अधिकतम परफ्युम (अत्तर) रक्सीबाट बनेका हुन्छन् । जसले छालामा भएको प्राकृतिक तत्वलाई सोस्छ । जसको कारण स्वास्थ्यमा विभिन्न समस्याहरु निम्तिने गर्छन् । डियो परफ्युममा हुने न्युरोटाक्सिनले केन्द्रिय स्नायु प्रणालीमा पनि असर गर्छ ।

हर्मोनको सन्तुलनलाई बिगार्छः यदी तपाई दैनिक आवश्यकता भन्दा बढी अत्तर प्रयोग गर्नुृहुन्छ भने यसले छालाबाट भित्र पसेर हर्मोनको सन्तुलन बिगार्न सक्छ । यसको साथै यसले कयौपटक छालामा दाग तथा एलर्जी हुन सक्छ ।

अल्जाइमरको जोखिम बढ्छः यसमा डिहाइड्रन्टहरुमा रसायान हुन्छ रं यसले अल्जाइमर तथा श्वास प्रश्वास सम्बन्धि समस्याहरुको जोखिम बढाउछ । यसको साथै अत्तरको कडा गन्धले नाकका फाइबरहरुलाई पनि हानी गर्छ । Agency



प्रतिक्रिया दिनुहोस्