Logo

प्रचण्डको दाबी : अदालतले संसद पूनःस्थापना गर्छ, निरंकुशताविरुद्ध फैसला आउँछ



काठमाडौं, ८ जेठ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले संसद् विघटनविरुद्ध आफूहरु कानूनी उपचारमा जाने बताएका छन् । विपक्षी ५ दलको संयुक्त बैठकपछि बाहिरिने क्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै अध्यक्ष दाहालले यस्तो बताएका हुन् । उनले आफूहरु १४९ जना सांसदहरु नै अदालत जाने तयारीमा जुटेको जनाए ।

उनले भने-“हामी संसद् विघटन असंवैधानिक छ, यसको विरुद्धमा कानूनी उपचारमा जान्छौं । विगतमा पनि अदातलतले गलत कमद सच्याएको थियो । हामीलाई आशा छ, अब पनि निरंकुशताविरुद्ध फैसला आउँछ । संसद विघटन गर्ने प्रधानमन्त्री र राष्टपतिको कदमविरुद्ध हामी जनतामा जान्छौं । ओलीलाई नग्याउँछौं ।”

सरकारले चुनावको मिति घोषणा गरिसकेको छ, तपाईँहरु भाग नलिने ? भनेर सोधेको प्रश्नमा उनले संसद् विघटन नै असंवैधानिक भएको भन्दै अहिले नहुने चुनावको कुरा गर्न नहुने धारणा राखे । उनले भने-“अहिलेको अवस्थामा चुनावमा जाँदैनौं । यो ओलीले नगराउने चुनावको बारेमा कुरा नगरौं, अहिले चुनावको कल्पना नगरौं । ओलीले चुनाव गराउनको लागि घोषणा गरेको होइन । सामूहिक रुपमा निर्वाचन बहिष्कारको पनि निर्णय गर्छौं ।” File Photo/ReportersNepal



प्रतिक्रिया दिनुहोस्