काठमाडौं, ९ जेठ । साताको कारोबारको पहिलो दिन आज (आइतबार) नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा दुई विकास बैंकको शेयरमुल्य १० प्रतिशतले बढेको छ ।
कर्णाली डेभलपमेन्ट बैंकको आज १० प्रतिशतले शेयरमुल्य बढेको छ । बैंकको शेयरमुल्य २६ रुपैयाँले बढेर २८६ रुपैयाँ अन्तिम मुल्य कायम भएको छ ।
त्यस्तै, ग्रीड डेभलपमेन्ट बैंकको २५ रुपैयाँले बढेर २७५ रुपैयाँ अन्तिम शेयरमुल्य कायम भई १० प्रतिशतले शेयर मुल्य बढेको छ । यी कम्पनीका लगानीकर्ताले आज १० प्रतिशतका दरले कमाएका छन् ।