Logo

संसद् विघटनविरुद्धको रिटमा सुरेन्द्र पाण्डेले पनि हस्ताक्षर गरेको सोम पाण्डेको दाबी



काठमाडौं, ९ जेठ । प्रतिनिधिसभा विघटनविरुद्ध विपक्षी गठबन्धनले भोलि सर्वोच्च अदालतमा रिट दर्ता गर्ने भएको छ । आज सबै प्रक्रिया पूरा गरिएको तर कार्यालय समय समापन हुन लागेकोले भोलि विहान १० बजे नै रिट दर्ता हुने नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले स्पष्ट पारेका छन् ।

उनले रिट निवेदनमा १४९ भन्दापनि बढि सांसदहरुको हस्ताक्षर रहेको दाबी गरेका छन् । मिडियामार्फत नेपाल पक्षका २० जना सांसदले मात्रै हस्ताक्षर गरेको कुरा आएको छ । रिट निवेदनमा हस्ताक्षर संकलन हुँदै गर्दा नेपाल पक्षधर नेता सुरेन्द्र पाण्डेपनि संसद् भवन पुगेका थिए ।

कतिपयले उनले रिट निवेदनमा हस्ताक्षर नै नगरेको बताइरहेका छन् । तर, माधव नेपालनिकट नेता सोम प्रसाद पाण्डेले भने रिट निवेदनमा सुरेन्द्र पाण्डेले पनि हस्ताक्षर गरेको दाबी गरेका छन् । file photo/reportersnepal



प्रतिक्रिया दिनुहोस्