Logo

नेपाल बैंकको १० वर्षे अवधिको ऋणपत्र बाँडफाँट



काठमाडौं, १० जेठ । नेपाल बैंक लिमिटेडले बैशाख २२ गतेदेखि बिक्रिमा ल्याएको ३ अर्ब ५० करोड रुपैयाँ बराबरको ३५ लाख कित्ता ऋणपत्र आज बाँडफाँट गरको छ । बैंकले बैशाख ३१ गतेसम्म विक्रि गरिएको वार्षिक ८.५० प्रतिशत ब्याजदर १० वर्षे अवधिको ३५ लाख कित्ता ऋणपत्र बाँडफाँट गरेको हो ।

बैंकको अनुसार आजदेखि ऋणपत्र बाँडफाँटमा नपरेको रकम आईपीएस मार्फत फिर्ता भुक्तानी गर्ने भएको छ । ‘८.५० प्रतिशत नेपाल बैंक ऋणपत्र–२०८७’ नामको १० अवधिको ऋणपत्र विक्रिमा ल्याएको हो । ऋणपत्र निष्कासन तथा बिक्रि प्रबन्धकमा बैंकले नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रेहेकोे छ ।

३ अर्ब ५० करोड रुपैयाँ बराबरको ३५ लाख कित्ता १ हजार रुपैयाँ अंकित दरले ऋणपत्र विक्रि गरेको थियो । कित्ता मध्ये १ अर्ब ४० करोड रुपैयाँ बराबरको १४ लाख कित्ता सर्वसाधारणलाई र बाँकी २१ लाख कित्ता व्यक्तिगत तरिकाले विक्रि गरेको बैंकले जनाएको छ ।

बैंकको अनुसार सर्वसाधारणलाई छुट्टाइएको १४ लाख कित्ता मध्ये १५ हजार कित्ता सामुहिक लगानीकोषहरुमा र त्यसबाट बाँकी १३ लाख ८५ हजार कित्ता सार्वजनिक निष्कासनमा ल्याएको हो ।



प्रतिक्रिया दिनुहोस्