काठमाडौं, १० जेठ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद तथा पूर्वमन्त्री गगन कुमार थापाले सर्वोच्च अदालतले संसद् पूनःस्थापना गर्ने विश्वास दिलाएका छन् । उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई अहंकारी व्यक्तिको संज्ञा दिएका छन् । प्रधानमन्त्रीले पटक पटक संविधानको उल्लंघन गरेकोले आफूहरु पनि पटक पटक अदालत आउनुपरेको उनको भनाई थियो ।
उनले अदालतमा अहिले संसदको ५४ प्रतिशत सांसद आईपुगेको पनि बताए । अब सर्वोच्च अदालतले पनि दायाँबायाँ गर्न नमिल्ने उनको भनाई छ । सांसद थापाले संसद पूनःस्थापना हुनेमा आफू पूर्ण विश्वस्त रहेको सुनाए । उनले भने, ‘हामी ज्युँदैछौं १४६ जना सर्वोच्चमा श शरीर आयौं, सर्वोच्चले दायाँबायाँ गर्न सक्दैन र गर्दैन। अदालतप्रति हाम्रो भरोसा छ।’