बुटवल, १० जेठ । लुम्बिनी प्रदेश सभामा सरकार बाहिरको गठबन्धनका संसादहरुले लुम्बिनी प्रदेशका मुख्यमन्त्री नियुक्त देखी साम्सदहरुको हस्क्षारसम्मको कागजपत्र प्रदेश प्रमुखको कार्यालयमा माग गरेका छन् ।
मुख्यमन्त्री शंकर पोखरेलले विरुद्ध अविश्वास प्रस्तावमा हस्तक्षर भएका प्रदेश सभा सदस्यहरु हस्ताक्षर सहितको व्योहरा माग प्रदेश प्रमुखको कार्यालयमा नेपालको संविधानको धारा र सुचनाको हक सम्बन्धी २०६४ दफा ३ वमोजिम माग गरिएको छ ।
नेपाली काँग्रेस सम्सदिय दलको सचेतक निर्मला क्षेत्री , माओवादी सचेतक पार्वती पून, जसपा सचेतक पुर्मति ढेगा र राजमो नेता तारा जिसीले प्रदेश प्रमुखको कार्यालयमा लुम्बिनी प्रदेश प्रमुखले डाकेको प्रदेश सभा विशेष अधिवेशन सम्बन्धी पत्र,प्रदेश सरकार मुख्यमन्त्री शंकर पोखरले दिएको राजीनामा अन्य कागजपत्र मागको माग आज गरिएको छ ।
अधिवेशन अन्त र शंकर पोखरेलले एमाले संसदीय दलको नेता रुपमा बैशाख १९ गते प्रदेश सभा सदस्यहरुको हस्ताक्षर सहितको निवेदनसँगै पुन नियुक्त कागजपत्र माग गरिएको छ । यस्तै कुल प्रसाद केसी लाई मुख्यमन्त्री नियुक्त प्रस्ताव सहित हस्ताक्षर निवेदनसहित अन्य कागजपत्र माग गरिएको सचेतक निर्मला क्षेत्रीले बताइन् ।