काठमाडौं, ११ जेठ । काठमाडौं उपत्यकामा निषेधाज्ञा लम्बिने भएको छ । निषेधाज्ञा लम्ब्याउन उपत्यका जिल्ला कोभिड व्यवस्थापन समितिले बैठक बसी टुंगो लगाउँदैछ ।
१६ वैशाखबाट जारी निषेधाज्ञा १३ जेठमा सकिन लागेकाले आजै लम्ब्याउने तयारी भएको हो । जेठभर निषेधाज्ञा जारी गर्ने गरी निर्णय हुनलागेको बुझिएको छ ।
उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञालाई कडाई गर्ने गरी सूचना जारी गरिसकेका छन् । निषेधाज्ञा उल्लंघन गर्नेविरुद्ध ५ लाख सम्मको जरिवाना तोकिएको छ । मास्क नलगाउनेविरुद्ध समेत जरिवाना तोकिएको छ ।