काठमाडौं, ११ जेठ । विघटित प्रतिनिधिसभाका सभामुख अग्नि प्रसाद सापकोटाले पूर्व सभामुखहरुसँग छलफल गर्ने भएका छन् । आज दिउँसो १ बजे सापकोटाले पूर्व सभामुखहरुसँग छलफल गर्न लागेको सापकोटाको सचिवालयले जनाएको छ।
सरकारले प्रतिनिधिसभा विघटन गरेपछि चौतर्फी आलोचना भैरहेको छ । यसअघि पनि सापकोटाले संसद् विघटन असंवैधानिक भएको भन्दै आफ्नो ध्यानाकार्षण भएको जनाएका थिए । उनले एक विज्ञप्ती निकाल्दै यस्तो भनेका थिए । Photo/Mukunda Kalikote-ReportersNepal