Logo

ल्वाङ–कपुरले अक्सिजन बढ्दैन



काठमाडौं, जेठ १२ । सामाजिक सञ्जालमा अक्सिजन बढाउने भ्रमात्मक विधिका बारेमा सचेत रहनुहोला । फेसबुक, ट्विटर, भाइबर, ह्वाट्सएप, टिकटकजस्ता सामाजिक सञ्जालमा अक्सिजन बढाउने विधिका बारेमा वैज्ञानिक प्रमाणबेगरका अनगन्ती पोस्ट भेटिने गरेका छन् । यस्ता विधि प्रयोग नगर्न विज्ञहरूले सचेत गराईएको छ ।

शुक्रराज ट्रपिकल सरुवा रोग अस्पतालका डा शेरबहादुर पुनले उपचारको आवश्यकता परेकाहरू हताश मनस्थितिमा औषधि वा उपचारका विभिन्न उपाय अपनाउँदै आएको बताउन्छन् । उनले कतिपय अनलाइन, इन्टरनेटमा भएका गलत र भ्रामक सूचनामा भर परेर अक्सिजन बढाउने भ्रामक विधि अपनाइरहेको बताए ।

कीर्तिपुरस्थित आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रका अनुसन्धान अधिकृत डा अमितमान जोशीले त्यसले कोरोना सङ्क्रमितलाई सहयोग पु(याउने कुनै वैज्ञानिक प्रमाण नभएको बताए।

उनले घरमा आइसोलेसनमा बसेका सङ्क्रमितले वैज्ञानिक रूपमै पुष्टि भइसकेका श्वासप्रश्वास विधि मात्रै गर्नुपर्ने बताउँदै कपुरको तेल छालाको क्रिम तथा मलममा प्रयोग हुने भएकाले यसको सेवन हानिकारक हुनुका साथै बढी प्रयोग गरे जटिल समस्या आउन सक्ने पनि बताए । उनका अनुसार अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल (सीडीसी)ले कपुर गन्ध फोक्सोमा पुग्दा हानि गर्नसक्ने चेतावनी दिएको छ ।

डा जोशीले नाकमा दुई थोपा कागतीको रस हाल्दा अक्सिजन स्याचुरेसन स्तर बढ्ने दाबी झुठो भएको दाबी गरे। कोभिडका कारण शरीरमा अक्सिजनको मात्रा घटेको छ भने मेडिकल अक्सिजन नै प्रयोग गर्न विश्व स्वास्थ्य सङ्गठनले सुझाव दिएको छ ।

डा जोशीले पानीको मात्रा पुगे फोक्सोलाई अक्सिजन लिन सजिलो हुने वैज्ञानिक आधार रहेको बताउँदै पानीको मात्रा पुगे फोक्सोलाई अक्सिजन लिन सजिलो हुने वैज्ञानिक आधार रहेको पनि बताए ।

उनले झोलिलो खानेकुराहरू धेरै खानुका साथै टुसा उम्रिएको चना उमारेर झोल बनाउने, ज्वानोको झोल, कुरिलोको झोल, मासुको झोल बनाएर खाँदा सङ्क्रमितलाई राम्रो हुने बताएका छन्।दैनिकबाट



प्रतिक्रिया दिनुहोस्