Logo

राष्ट्रपति भण्डारी र चिनियाँ राष्ट्रपति सी बीच के के कुरा भयो



काठमाडौं, १२ जेठ । राष्ट्रपति विद्यादेवी भण्डारी र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच टेलिफोन संवाद भएको छ । आज दुई देशका प्रथम व्यक्तिहरुबीच झण्डै एक घन्टा संवाद भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

भेट कोरोना भाइरसको महामारीका विषयमा केन्द्रित रहेको थियो । संवादमा चिनियाँ राष्ट्रपति सीले नेपालको पछिल्लो अवस्थाबारे चासो राख्दै सहयोगको प्रतिवद्धता व्यक्त गरेको राष्ट्रपति निकट स्रोतले जनाएको छ । यसअघि चीनले अनुदानस्वरुप दिएको सिनोफार्म भ्याक्सिन र अक्सिजन सिलिन्डर सहयोगको विषयबारे पनि उल्लेख भएको थियो ।

राष्ट्रपति भण्डारीले थप भ्याक्सिन पठाउन आग्रह गरेकी थिइन् । उनले चीनले दिदै आएको सहयोगप्रति धन्यवाद व्यक्त गरेको बुझिएको छ ।

भेटमा नेपालको पछिल्लो राजनीतिक घटनाक्रमबारे कुरा भए नभएको उल्लेख गरिएको छैन । तर, निकट स्रोतले चिनियाँ राष्ट्रपतिले नेपालको विकसित राजनीतिक घटनाक्रमबारे समेत चासो राखेका थिए । उनले नेपालमा राजनीतिक स्थिरतामा जोड दिएको बुझिएको छ ।

यसअघि चिनियाँ पक्षसँग नेपालका मुख्य राजनीतिक दलका नेताहरुले भर्चुअल कुराकानी गरेका थिए । यो कुराकानी कोरोना भाइरसको महामारीमा सहयोगका विषयमा केन्द्रित थियो ।-फाइल तस्बिर



प्रतिक्रिया दिनुहोस्