एजेन्सी, जेठ १३ । अफ्रिकी मुुलुक नाइजेरियामा २ सय यात्रु सवार डुंगा डुवेकोे छ । नाइजेरियाको दक्षिणी क्षेत्रमा रहेको केबी जिल्लाका लागि छुटेको डुंगा टुक्रिएर डुबेको हो । डुंगामा सवार २ सय मध्ये अधिकांश महिला र बालबालिका रहेको र ५ जनाको उद्दार गरिएको जनाइएको छ ।
८० यात्रुको क्षमता रहेको उक्त डुंगामा क्षमता भन्दा बढी यात्रु रहेकै कारण दुर्घटना भएको अनुमान गरिएको छ । डुंगामा सवार ब्यक्तिहरुले सुनखानीबाट बालुवा समेत उक्त डुंगामा लोड गरेकोले भार थेग्न नसकी दुर्घटना भएको बुझिएको छ । डुंगामा सवार अन्यको खोजी जारी छ ।