काठमाडौं, १३ जेठ । प्रतिनिधि सभा विघटनबारे परेका १९ रिटमाथि आज सुनुवाई हुँदैछ । यी सबै रिट प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आफ्नो एकल इजलाशमा राखेका छन् ।
जबराले सुनुवाइ गर्न लागेका सबै रिटमा राष्ट्रपति कार्यालय शितल निवासलाई विपक्षी बनाइएको छ । कांग्रेस सभापति देउवासहित १४६ सांसदले हालेको सहित ११ वटा रिटको सुनुवाइ शुक्रबार संवैधानिक इजलासमा हुने सर्वोच्चले जनाएको छ। File Photo/ReportersNepal