Logo

एनएमबि बैंकको १ अर्ब ५० करोडको ऋणपत्रमा आजसम्म आवेदन दिन सकिने



काठमाडौं, ९ जेठ । एनएमबि बैंकले आज देखि ४ प्रतिशत व्याजदरको १५ वर्षे अवधिको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन हो । बैंकले १ अर्ब ५० करोड रुपैयाँ बराबरको १५ लाख कित्ता ऋणपत्र जेठ ९ गतेदेखि विक्रिमा ल्याएको हो ।

यो ऋणपत्र खरीदका लागि छिटोमा जेठ १२ र ढिलोमा जेठ २३ गतेसम्म भनिए पनि हिजो (बुधबार) सार्वजनिक विदा परेको हुनाले आजसम्म कम्पनीले ऋणपत्र बिक्रि खुल्ला गर्न लागेको जनाएको छ ।

बैंकले जारी गरेको १ हजार दरको कुल १५ लाख कित्ता ऋणपत्रमध्ये ९ लाख कित्ता व्यक्तिगत तवरबाट र ६ लाख कित्ता सर्वसाधारणमा बिक्री गर्ने जनाएको छ । सर्वसाधारणमा विक्री गर्ने ६ लाख कित्तामध्ये पनि बैंकले ५ प्रतिशतका दरले ३० हजार कित्ता सामूहिक लगानी कोष र रहेको ५ लाख ७० हजार कित्ता ऋणपत्र सर्वसाधारणका लागि सार्वजनिक विक्रि गर्ने भएको हो ।

ऋणपत्र खरिदका लागि न्यूनतम २५ कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्मका लागि आवेदन दिन सकिने बैंकले व्यवस्था गरेको छ । ऋणपत्र विक्री प्रबन्धकमा हिमालयन क्यापिटल लिमिटेड रहेको छ ।

बैंकको अनुसार विक्री प्रबन्धकसँगै ऋणपत्र खरिदका लागि आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरु र तीनका शाखा कार्यालयसँगै मेगा शेयर मार्फत पनि आवेदन दिन सकिन्छ ।



प्रतिक्रिया दिनुहोस्