जनकपुरधाम, १३ जेठ: वीरगञ्ज महानगरपालिकाको घण्टाघरस्थित चोकमा प्रहरीबाट भएको गैह्र व्यावसायिक व्यवहारको छानविनका लागि प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक कृष्ण प्रसाँईको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरिएको छ ।
समितिले महानगरपालिकाको वडा नं. ८ स्थित घण्टाघर चोकमा पसल सञ्चालकसँग प्रहरीद्वारा गरिएको गैह्र व्यावसायिक व्यवहारको छानविन र आवश्यक कारवाही गर्ने जनाइएको छ ।
प्रदेश प्रहरी कार्यालयद्वारा जारी विज्ञप्तिमा समितिले अनुसन्धान कार्य शुरू गरी सकेको र अनुसन्धानका क्रममा कोही प्रहरी दोषी देखिएमा प्रहरी नियमावली बमोजिम कारवाही गरिने जनाइएको छ ।-रासस/File photo