काठमाडौं, १३ जेठ । नेपाल चेम्वर अफ कमर्सले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि काठमाडौं उपत्यकामा किराना पसल वन्द नगर्न आग्रह गरेको छ । काठमाण्डौका प्रमूख जिल्ला अधिकारीबाट, नयां भेरियण्टको कोभिड-१९ महामारीको संक्रमण रोकथामको लागि किराना पसल वन्द गर्दा उपभोक्तालाई मर्का पर्ने भन्दै चेम्बरले मापदण्ड पुरा गरी किराना पसल खोल्ने व्यवस्थाका लागि सम्वन्धित निकाय समक्ष आग्रह गरेको हो ।
चेम्बरले किराना पसलहरु वन्द गर्ने व्यवस्थाले दैनिक रुपमा खरिद गरी उपभोग गर्ने न्युन आय भएका सर्वसाधारण उपभोक्ताहरुलाई यस व्यवस्थाले मर्का पर्ने भन्दै संचालनको माग गरेको छ ।
किराना पसलहरुमा खाद्यान्न, किराना सामान, दूध, पानी तथा तरकारी पनि बिक्री हुने भएकोले किराना पसल वन्द गरिदा अति आवश्यक उपभोग्य वस्तुहरु सर्व साधारणलाइ सुलभ आपूर्ति नहुने चेम्बरको बुझाई छ ।
तोकिएको मापदण्डको भौतिक दूरी कायम गरी सुरक्षाका समस्त मापदण्ड कडाइका साथ लागू गर्ने व्यवस्था गरी साबिक बमोजिम किराना पसल खोल्ने व्यवस्थाका लागि सम्वन्धित निकाय समक्ष चेम्वरले आग्रह गरेको छ ।