Logo

प्रभु क्यापिटलद्वारा समविकास नेपाललाई सहयोग



काठमाडौं, १४ जेठ । प्रभु क्यापिटलले अछाम जिल्लामा कार्यरत समविकास नेपाललाई अछामको साँफेबगरमा कोभिड–१९ को प्रभाव रोकथाम तथा न्यूनीकरणका लागि विभिन्न स्वास्थ्य सामाग्रीहरु वितरण गरेको छ ।

क्यापिटलले संस्थागत उत्तरदायित्व अन्तर्गत कोभिड–१९ को प्रभाव रोकथाम तथा न्यूनीकरणका लागि विभिन्न स्वास्थ्य सामाग्रीहरु वितरण गरेको हो ।
कम्पनीले पूनः प्रयोग गर्न मिल्ने मास्क १५० थान, साबुन १५० थान, स्यानिटाइजर (१०० मिलिलिटर) १५० थान, पुनः प्रयोग गर्न मिल्ने स्यानिटरी प्याड १५० थान, आकस्मिक खाद्य सामाग्री १५० थान , पारासिटामोल १५० थान वितरण गरेको जनाएको छ ।

कम्पनीको अनुसार समविकास नेपालले यी स्वास्थ्य सामाग्रीहरु अछामको साँफेबगरमा अवस्थित स्वास्थ्य केन्द्र तथा आइसोलेसन केन्द्रमा कोभिड–१९ का विरामीहरुलाई वितरण गर्ने भएको छ ।



प्रतिक्रिया दिनुहोस्