Logo

कोभिडको निःशुल्क उपचार गर्न ४५ निजी अस्पतालसँग सम्झौता गरेको प्रधानमन्त्रीको जिकिर



काठमाडौं, १४ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिडको निःशुल्क उपचारका लागि ४५ निजी अस्पतालसँग सम्झौता गरिसकेको बताएका छन् । देशवासीको नाममा सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन् ।

उनले कोभिड उपचारका लागि १५७ अस्पतालहरू सूचीकृत भएको जानकारी दिए । महामारी सुरु भएको एक वर्षको अवधिमा भेण्टिलेटरको संख्या ३२७ बाट ९०४, आइसियु बेड २६०० बाट ३००० पु¥याएको बताए ।

अस्पतालमा २८५३ हाइडिपेन्डेन्सी युनिट (एचडियु) थप भएको पनि जानकारी दिए । ९०० अक्सिजन कन्सन्ट्रेटर थपिएका छन् । छिटै १८० भेन्टिलेटर, ६३० आइसियु, १४०० एचडियु र १९ अक्सिजन प्लान्ट थपिने उल्लेख गरे ।



प्रतिक्रिया दिनुहोस्