काठमाडौं, १४ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलो मात्रा खोप लगाएका नागरिकहरूका लागि जसरी पनि दोस्रो डोजको व्यवस्था गर्ने बताएका छन् । देशवासीको नाममा सम्बोधन गर्दै ओलीले आज यस्तो बताएका हुन् ।
ओलीले हालसम्म अनुदानबाट प्राप्त ३२ लाख २८ हजार डोज र खरिदबाट उपलब्ध १० लाख डोजबाट खोप अभियान अगाडि बढाएको समेत जानकारी दिए । उनले पहिलो मात्रा खोप लगाएका नागरिकहरूका लागि दोस्रो मात्राको व्यवस्था जसरी पनि गरिने कुरामा निश्चिन्त रहन आग्रह गरे ।
प्रधानमन्त्री ओलीले थप खोपको व्यवस्था गरेर सबै वयस्क नागरिकलाई खोप लगाइने र महामारीलाई नियन्त्रण गरी छाडने विश्वास समेत दिलाए ।