काठमाडौं, १५ जेठ । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले देशको नेतृत्व गणतन्त्रविरोधीहरुको हातमा पुगेको टिप्पणी गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीप्रति लक्षित गर्दै उनले गणतन्त्रविरोधी बयलगाडेहरुको हातमा देशको नेतृत्व पुगेकाले अहिले गणतन्त्रप्रति नै अनास्था जगाउने काम भइरहेको बताएका छन् ।
गणतन्त्र दिवसका उपलक्ष्यमा आज शुभकामना व्यक्त गर्दै उनले गणतन्त्रविरोधीलाई परास्त गर्दै जनताको हातमा आएको सार्वभौमसत्ताको रक्षा गर्नुपर्नेमा जोड दिएका छन् ।
जनता समाजवादी पार्टीको संघीय परिषद्का अध्यक्ष डा. भट्टराईले ट्वीटरमा लेखेका छन्ः नेपाली जनताको बलिदानी संघर्षबाट प्राप्त ऐतिहासिक गणतन्त्र दिवसको उपलक्ष्यमा सबैमा हार्दिक शुभकामना! गणतन्त्रबिरोधी बयलगाडेहरूको हातमा देशको नेतृत्व पुगेकाले अहिले गणतन्त्रप्रति नै अनास्था जगाउने जुन काम भैरहेको छ त्यसलाई परास्त गर्दै जनताको हातमा आएको सार्वभौमसत्ताको रक्षा गरौं!