काठमाडौं, १५ जेठ । सरकारले काठमाडौंका नदीहरुको सरसफाइ तथा सौन्दर्यकरणका लागि ३ अर्ब ४७ करोड बजेट विनियोजन गरेको छ । अर्थमन्त्री विष्णु प्रसाद पौडेलले बजेट भाषणमार्फत यस्तो घोषणा गरेका हुन् । त्यस्तै, स्टार्टअप व्यवसायलाई परियोजना धितो राखेर १ प्रतिशत ब्याजमा २५ लाखसम्म कर्जा दिईने पनि घोषणा गरिएको छ ।
राष्ट्रिय प्रसारण लाइन नपुगेका क्षेत्रमा लघु, सौर्य तथा वायु उर्जा योजना संचालन गरिने पनि घोषणा गरिएको छ । थप ५० हजार घरधुरीमा वैकल्पिक उर्जा योजनामार्फत बिजुली पुर्याइने मन्त्री पौडेलको घोषणा छ ।