काठमाडौं, १७ जेठ । राधी विद्युत कम्पनीले हकप्रद शेयर बिक्रि गर्ने भएको छ । चुक्तापुँजी ६४ करोड ६४ लाख ४ हजार ६२२ रुपैयाँको आधारमा १४७ प्रतिशत हकप्रद शेयर बिक्रि गर्न लागेको कम्पनीले जनाएको छ ।
कम्पनीको हिजो बसेको संचालक समितिको बैठकले १ः१ अनुपातमा ९५ लाख ३५ हजार ७६० दशमलव ९९ कित्ता हकप्रद शेयर विक्रि गर्ने निर्णय गरेको हो । कम्पनीको हाल चुक्तापुँजी ४७ करोड ३५ लाख ५६ हजार ५ सय रहेको छ ।