काठमाडौं, १७ जेठ । प्रधानमन्त्री केपी शर्मा ओली र जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरबीच भेटवार्ता भएको छ । आज बालुवाटारमा भएको भेटमा जसपाको सरकारमा सहभागिताबारे छलफल केन्द्रित भएको छ ।
बालुवाटारको भेटमा जसपा नेता राजेन्द्र महतो पनि सहभागी छन् । आजको भेटले जसपा यसै हप्ता सरकारमा सहभागी हुने टुंगो लगाउने बुझिएको छ ।