Logo

आज यी कम्पनीको शेयरमुल्यमा उच्च वृद्वि



काठमाडौं, १७ जेठ । साताको कारोबारको दोस्रो दिन सोमबार (आज) शेयर बजार ओरालो लागेको छ । आज ४५ दशमलव २५ अंकले घटेर २७ सय ८२ दशमलव ६८ विन्दुमा रोकिएको हो । त्यस्तै, सेन्सेटिभ इन्डेक्स पनि ६ दशमलव ५८ अंकले घटेर ५ सय दशमलव ४७ विन्दुमा थामिएको हो ।

नेप्सेको अनुसार आज राधी विद्युत कम्पनीको ९.९८ प्रतिशतले शेयरमुल्य बृद्धि भएको छ । प्रतिकित्ता ११४ रुपैयाँले बढेर १२ सय ५६ रुपैयाँ अन्तिम शेयरमुल्य कायम भएको हो ।

त्यस्तै, सेन्ट्रल फाइनान्स लिमिटेडको ९.९१ प्रतिशतले शेयरमुल्य बढेको छ । संस्थाका लगानीकर्ताले ९.९१ प्रतिशतले कमाएका छन् । प्रतिकित्ता ३२ रुपैयाँले बढेर ३५५ रुपैयाँ अन्तिम शेयरमुल्य कायम भएको छ ।

यसैगरी, नारायणी डेभलपमेन्ट बैकको आज प्रतिकित्ता ५४ रुपैयाँले बढेर ७८१ रुपैयाँ अन्तिम मुल्य कायम भएको छ । बैंकको लगानीकर्ताले आज ७.४३ प्रतिशतले कमाएका छन् ।

 

 



प्रतिक्रिया दिनुहोस्