काठमाडौं, १८ जेठ । एनएमबि बैंकले बैंक खाता कनेक्ट आईपीएसमा लिंक गरी अनलाइनबाटै आफैं भेरिफाई गर्न सक्ने सुविधा संचालनमा ल्याएको छ । बैंकको अनुसार यो सुविधा अन्तर्गत बैंकका ग्राहकले कनेक्ट आईपीएसमा लिंक गरिएको खाता भेरिफाई गर्न बैंक शाखामा जानुपर्दैन् । अनलाइनबाटै सम्पुर्ण प्रक्रिया पुरा गरी कारोबार गर्न सकिन्छ ।
बैंकले अनलाइन सुविधा सुरु भएपछि ग्राहकलाई हालको निषेधाज्ञाको अवस्थामा थप सहज हुने विश्वास गर्दै अनलाइन सेल्फ भेरिफाई गरिएका खाताका लागि बैंकले प्रतिदिन १ लाख तथा प्रतिमहिना १० लाखसम्मको कारोबार सीमा प्रदान गरेको छ । अनलाइन सेल्फ भेरिफाई प्रक्रियाका लागि ग्राहकले कनेक्ट आईपीएसमा रजिस्ट्रर गरेको मोबाइल नम्बर र बैंकमा रहेको मोबाइल नम्बर एउटै हुनुपर्ने बताएको छ ।