काठमाडौं, १८ जेठ । एनएमबि बैंकले नेपालमै पहिलो पटक उर्जा ऋणपत्र जारी गरेकोमा ४ दिनमै मागभन्दा बढी आवेदन परेको छ । बैंकको अनुसार ऊर्जा ऋणपत्रमा पहिलो ४ कार्यदिन भित्रै अत्याधिक आवेदन परेको हुनाले बिक्री बन्द भएको हो ।
एनएमबि बैंकले जेठ ९ गतेदेखि ४ प्रतिशत व्याजदरको १५ वर्षे अवधिको १ अर्ब ५० करोड रुपैयाँ बराबरको १५ लाख कित्ता ऋणपत्रमा विक्रिमा ल्याएको थियो ।
बैंकले जारी गरेको १ हजार दरको कुल १५ लाख कित्ता ऋणपत्रमध्ये ९ लाख कित्ता व्यक्तिगत तवरबाट र ६ लाख कित्ता सर्वसाधारणमा बिक्री गर्ने गरेको थियो । सर्वसाधारणमा विक्री गर्ने ६ लाख कित्तामध्ये पनि बैंकले ५ प्रतिशतका दरले ३० हजार कित्ता सामूहिक लगानी कोष र रहेको ५ लाख ७० हजार कित्ता ऋणपत्र सर्वसाधारणका लागि सार्वजनिक विक्रि गर्ने भएको हो ।
ऋणपत्र खरिदका लागि न्यूनतम २५ कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्मका लागि आवेदन दिन सकिने बैंकले व्यवस्था गरेको थियो । ऋणपत्र विक्री प्रबन्धकमा हिमालयन क्यापिटल लिमिटेड रहेको छ ।