काठमाडौं, १८ जेठ । नियन्त्रित लागूऔषध तथा प्रतिबन्धित औषधि सहित एक युवक पक्राउ परेका छन् । सुनसरीको कोशी गाउँपालिकाण्३ नहर चोकबाट नियन्त्रित लागूऔषध ५० थान डाईलेक्स डिसी, २ सय ट्याब्लेट नाईट्रोसन र २ सय ८८ ट्याब्लेट स्पास्मोप्रोक्सिभन प्लस सहित भारत अररिया बेला बासमतिया बिहार बस्ने २८ वर्षीय मजरुललाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा झोलामा बोकी ल्याउँदै गरेको उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको जनाएको छ ।