काठमाडौं, १८ जेठ । सर्वोच्च अदालतभित्र न्यायाधीशहरुबीच नै विवाद छताछुल्ल भएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको अध्यक्षतामा गठन भएको संवैधानिक इजलासमा न्यायधीशहरुबीच विवाद देखिएको हो ।
न्यायधीशद्वय तेजबहादुर केसी र बमकुमार श्रेष्ठले इजलास नछाड्ने अडान लिएपछि न्यायधीशहरु दिपककुमार कार्की र आनन्दमोहन भट्टराईले इजलास छाडेका छन् । केसी र श्रेष्ठ वरिष्ठता मिचेर इजलासमा तोकिएको भन्दै प्रतिनिधि सभा विघटनविरुद्ध रिट दायरका पक्षधर कानुन व्यवसायीले समेत आपत्ती जनाउँदै आएका थिए ।
केसी र श्रेष्ठ प्रधानन्यायाधीश राणानिकट मानिन्छन् । आज विकसित घटनासँगै न्यायालयभित्र प्रतिनिधि सभा विघटनको विषयलाई हेर्ने दृष्टिकोणमा ठूलो मतभिन्नता रहेको स्पष्ट भएको छ ।
यसअघि केसी र श्रेष्ठले इजलास छाड्नुपर्ने कारण नभएको स्पष्ट पारेका थिए । उनीहरुले इजलास नछाड्ने लिखित रुपमा सुनाएपछि कार्की र भट्टराईले इजलास छाडेका हुन् ।