काठमाडौं, १८ जेठ । काठमाडौं उपत्यकामा निषेधाज्ञा कम्तिमा एक साता थप्ने तयारी भएको छ । आज बसेको काठमाडौं, ललितपुर र भक्तपुरका सिडिओहरुको संयुक्त बैठकमा निषेधाज्ञा कम्तिमा एक साता थप्नेबारे सहमति भएको हो ।
तर, निर्णय भोलिमात्रै सार्वजनिक गरिने भएको हो । उच्च स्रोतकाअनुसार भोलिदेखि थप हुने निषेधाज्ञा केही खुकुलो बनाईने भएको हो । यसअघि किराना पसल र डिपार्टमेन्टलर स्टोरहरु खुल्न दिईएको थिएन ।
तर, यसपटक भने खोल्न दिईने भएको हो । सिडिओहरुले दश दिनको लागि निषेधाज्ञा थप्ने तयारी गरेका हुन् । खाद्यान्न पसल खोल्न दिने र विकास निर्माणका कामपनि सुचारु गर्न दिनेगरि निषेधाज्ञा थप्न लागिएको हो ।