Logo

निःशुल्क भेरोसेल खोप ओसार्दै हिमालय एयरलाइन्स



काठमाडौं, जेठ १९ । हिमालय एयरलाइन्सले संस्थागत सामाजिक उत्तरदायित्वअन्तगर्त कोभिड–१९ महामारीमा चीनको स्वशासित क्षेत्र तिब्बत सरकारद्वारा नेपाललाई अनुदान सहयोगस्वरूप प्राप्त दुई लाख डोज भेरोसेल खोप निःशुल्क ढुवानी गरेको छ ।

हिमालय एयरलाइन्सको ३१९–११५–११५ ९एन–एजेके एयरबसले जेठ १८ र १९ गते गरी तिब्बतको कुनमिङ सहरमा चार पटक उडान गरी खोप ढुवानी गर्ने भएको हो । हिमालयका उडानले भेरोसेल खोपका २ लाख डोजका ४१७ वटा बाकस निःशुल्क ढुवानी गर्नेछन् ।

प्रत्येक पटकको उडानमा एयरबसले अधिकतम १०५ वटा खोपका बाकस बोक्ने कम्पनीले जानकारी दिएको छ ।

निःशुल्क कार्गो उडान सञ्चालन गर्दा हिमालयले करिब दुई करोड २५ लाख रुपैयाँ बराबरको आर्थिक योगदान पुर्‍याउनेछ ।

कोभिड–१९ महामारीविरुद्घ लड्न नेपाल सरकारलाई सहयोग पु¥याउन कम्पनीले राष्ट्रिय संकटको महत्वपूर्ण समय निःशुल्क कार्गो उडान सञ्चालन गरेको हिमालय एयरलाइन्सका अध्यक्ष झो एन्योङले बताए । विपद्का बेला नेपाली जनता र सरकारलाई साथ दिन हिमालयले निःशुल्क खोपका उडान भरेको कम्पनीका उपाध्यक्ष विजय श्रेष्ठले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस्