Logo

ओली समुहले स्पष्टीकरण सोधिएका नेपाल समुहका थप १२ जना नेतामाथि कारबाही नगर्ने



काठमाडौं, जेठ १९ । नेकपा एमालेले पार्टी एकता बचाउन थप लचकता अपनाउने भन्दै निर्णय गरेको छ । पार्टीका वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपालसहित ११ जना नेताहरूलाई पार्टीको साधारण सदस्य पनि नरहने गरी कारबाही गरेको एमालेले एकता बचाउने थप प्रयास भन्दै पछिल्लोपटक स्पष्टीकरण सोधिएका थप १२ जना नेताहरूमाथि भने कारबाही नगर्ने नीति लिएको छ ।

परराष्ट्रमन्त्रीसमेत रहेका पार्टीका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले मंगलबार बसेको स्थायी समिति बैठकमा पार्टी एकता बचाउन नेतृत्व तहबाट अन्तिम समयसम्म पनि प्रयास जारी राख्ने बारेमा छलफल भएको र यो संवादलाई निरन्तरता दिने निर्णय गरेको छ ।

प्रवक्ता ज्ञवालीले बैठकमा प्रतिनिधिसभा विघटनपछिका राजनीतिक घटनाक्रम र सर्वोच्च अदालतमा विचाराधीन मुद्दा प्रभावित गर्नेगरी भइरहेका बहसका साथै सरकारले ल्याएको बजेट र लुम्बिनी प्रदेशमा भएको राष्ट्रियसभा उपनिर्वाचनको समीक्षा गरिएको थियो ।

स्पष्टीकरण सोधिएका घनश्याम भुसाललगायतका १२ जना नेतालाई कारबाही गर्ने विषय बैठकको एजेन्डा नै नभएको बताउँदै प्रवक्ता ज्ञवालीले पार्टीभित्र वार्ताका लागि गठित कार्यदल अस्तित्वमा नरहेको समेत जानकारी दिए।

बैठकले पार्टी एकताका पहल गर्न गठित कार्यदल पुनर्गठन नभएसम्म अन्य संयन्त्रबाट छलफल चलाउने भएको निर्णयसमेत गरेको उनले बताए । वार्ता टोलीमा माधव नेपाल पक्षको संयोजक रहेका भीम रावल साधारण सदस्यबाटै निष्कासित भइसकेका छन्।

पार्टी एकता बचाउन दोस्रो तहका नेताहरूबीच सोमबार मध्यरातिसम्म याक एन्ड यती होटलमा वार्ता भएको थियो । वार्तामा प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट कार्यदलमा संयोजन गरिरहेका सुवास नेम्वाङ, अर्थमन्त्री विष्णु पौडेल, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र खनाल–नेपाल समूहको तर्फबाट घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट र योगेश भट्टराईको सहभागिता रहेको थियो ।वार्तामा दोस्रा तहका नेताहरूको बीचमा पनि आ–आफ्नो पुरानै अडान दोहो(याएको बताइएको छ । नेपाल समाचारपत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्