काठमाडौं, १९ जेठ । नेपालमा कोरोना भाइरस संक्रमितको संख्या बढदो क्रममा छ । हिजो मात्र ६ हजार ८५ जना संक्रमित थपिएका छन् । हिजो थपिएका संक्रमित मध्ये सबैभन्दा धेरै २१ देखि ३० उमेर समुहको संख्या रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
काठमाडौं उपत्यकाका ती जिल्लाहरुमा हालसम्म कुल २ लाख ४३ हजार २७ संक्रमितको संख्या रहेको छ भने, संक्रमित मध्ये २ लाख १५ हजार ३७६ संक्रमणमुक्त भएका छन् । हालसम्म उपत्यकामा २३ सय ९८ जनाको संक्रमणबाट मृत्यु भएको मन्त्रालयको तथ्यांकमा उल्लेख गरिएको छ । त्यस्तै, २५ हजार २५३ संक्रिय संक्रमित रहेका छन् ।
स्वास्थ्य मन्त्रालयको अनुसार सबैभन्दा बढी कोरोना संक्रमितको संख्या काठमाडौं जिल्लामा रहेको छ । काठमाडौंमा कुल संक्रमितको संख्या मंगलबारसम्म १ लाख ८९ हजार २८८ रहेको छ । संक्रमित मध्ये १ लाख ७३ हजार ७५ जनालाई निको भएको मन्त्रालयले जनाएको छ । यसैगरी, हालसम्म १६ सय २९ जनाको हालसम्म मृत्यु भएको छ । संक्रिय संक्रमितको संख्या काठमाडौंमा १४ हजार ५८४ रहेको छ ।
यसैगरी, हालसम्म भक्तपुर जिल्लामा २० हजार १२४ जना कोरोना संक्रमित भएका छन् । संक्रमणमुक्त हुनेको संख्या १५ हजार ४९७ पुगेको मन्त्रालयको तथ्यांकमा उल्लेख गरिएको छ । भक्तपुरमा संक्रिय संक्रमितको संख्या ४३ सय रहेको छ भने ३२७ जनाले संक्रमणबाट ज्यान गुमाईसकेका छन् ।
त्यस्तै, ललितपुरमा ३३ हजार ६१५ जना कोरोना संक्रमित रहेका छन् । संक्रमित मध्ये २६ हजार ८ सय ४ जना संक्रमण मुक्त भएको जनाएको छ। मन्त्रालयको अनुसार ६ हजार ३६९ जना संक्रिय संक्रमितको संख्या रहेको छ भने ४ सय ४२ जनाले ज्यान गुमाइसकेका छन् ।