Logo

रुसले प्रतिमहिना ३ करोड डोज कोरोनाविरुद्धको भ्याक्सिन उत्पादन गर्ने



एजेन्सी, २० जेठ । रुसले प्रतिमहिना ३ करोड डोज कोरोना भाइरसविरुद्धको भ्याक्सिन उत्पादन गर्ने भएको छ । विश्वभर भ्याक्सिनको माग बढिरहँदा रुसले उक्त परिमाणको भ्याक्सिन उत्पादन गर्ने भएको हो ।

रुसी उद्दोग तथा व्यापारमन्त्री डेनिस म्याटुरोभले ३ करोड डोज भ्याकिसन उत्पादन गर्ने बताएको समाचार संस्था तासले जनाएको छ । स्पुतनिक भी भ्याक्सिन उत्पादन गरेर रुसको माग सबै पूरा गरिने समेत भनिएको छ ।

अहिलेसम्म स्पुतनिक भी विश्वका ६६ देशमा दर्ता भइसकेको छ । यो विश्वको आधा जनसंख्या भएका देशमा भएको दर्ता हो ।



प्रतिक्रिया दिनुहोस्