Logo

जसपाको ठाकुर पक्ष सरकारमा जान यसकारण रोकियो



काठमाडौं, २१ जेठ । जनता समाजवादी पार्टीको महन्थ ठाकुर पक्ष तत्काल सरकारमा नजाने भएको छ । सरकारमा जान ठिक्क परेर मन्त्रालय बाँडफाँडको समेत टुंगो लगाएको ठाकुर पक्ष तत्काललाई रोकिएको हो ।

प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहेकाले ठाकुर पक्ष रोकिएको हो । फैसला नआएसम्म सरकारमा नजाने निष्कर्षमा जसपा ठाकुर पक्ष पुगेको उक्त समूहका एक नेताले बताए ।

जसपाको ठाकुर पक्षले कार्यकारिणी समितिमा बहुमत पुर्याउन सकेको छैन । उक्त पक्ष बहुमत पुर्याउन सक्रिय भएको छ । बहुमत बनाएमा मात्र पनि सरकारमा जाने टुंगो लगाइहाल्ने पक्षमा देखिएको छ ।

जसपाभित्र उपेन्द्र यादव समूहको बहुमत छ । कार्यकारिणी समितिमा यादवको बहुमत भएपछि ठाकुर अप्ठ्यारोमा परेका छन् । उनलाई नयाँ दल खोल्नुपर्ने हुन्छ ।
जसपाले ७ मन्त्रालय पाउने गरी प्रधानमन्त्री ओलीले सरकारमा सहभागी गराउन खोजेका छन् । जसपाले भने ८ मन्त्रीसहित केही राज्यमन्त्री मागेको छ ।



प्रतिक्रिया दिनुहोस्