काठमाडौं, २१ जेठ । सुरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले कोरोना संक्रमण दर स्थिर र कम हुँदै गएको बताएका छन् । तर, संक्रमण नियन्त्रणमा नआएको उनको भनाई छ । आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । डा. पुनले अहिले पहिलेजस्तो भयावह अवस्था नरहेको पनि स्पष्ट पारेका छन् । उनले अहिले अक्सिजनको पनि समस्या नभएको दाबी गरे । अहिले उपचारमा पनि सहज अवस्था रहेको उनको भनाई छ ।