Logo

नारायणी बैंकले शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्ने पायो अनुमति



काठमाडौं, २१ जेठ । नारायणी डेभलपमेण्ट बैंकले शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्ने अनुमति पाएको छ। बैंकलाई १: १ अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने नेपाल राष्ट्र बैंकले अनुमति दिएको हो ।

बैंकको अनुसार हाल कायम रहेको १३ करोड १२ लाख ३३ हजार पूँजीको आधारमा शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्ने भएको छ । शतप्रतिशत हकप्रद शेयर निष्कासन पछि कम्पनीको चुक्तापुँजी २६ करोड २४ लाख ६७ हजार पुग्ने जनाइएको छ ।



प्रतिक्रिया दिनुहोस्