बर्दिया, २१ जेठ । बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पुरुषलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । एघार वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका बस्ने सौतेला बुबा नाता पर्ने ३२ वर्षीय पुरुषलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको हो ।
ती पुरुषले बुधबार दिउँसो बालिकालाई जबरजस्ती करणी गरेको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बानियाभारबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको बताएको छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।