काठमाडौं, २१ जेठ । सनराइज बैंकको सुनवल शाखाले सुनवल अस्थायी कोभिड अस्पताललाई १ लाख रुपैयाँ बराबरको स्वास्थ्य सामग्री वितरण गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सुनवल नगरपालिकास्थित अस्पताललाई स्वास्थ्य सामग्री वितरण गरेको जनाएको छ ।
बैंकका सुनवल शाखाका शाखा प्रमुख प्रकाश खनालले नगर प्रमुख भिमबहादुर थापा क्षेत्रीलाई उक्त स्वास्थ्य सामग्री हस्तान्तरण गरेका हुन् । त्यस्तै, बैंकको लम्की शाखाले पनि गत शुक्रबार लम्की चुहा नगरपालिकाको स्वास्थ्य शाखाअन्र्तगत रहेको लम्कीचुहा अस्पताल र ईलाकाप्रहरी कार्यालय लम्कीलाई स्वास्थ्य सामग्री प्रदान गरेको छ ।
बैंकले लम्कीचुहा अस्पताल र ईलाका प्रहरी कार्यालय लम्कीलाई पिपिई सेट, पन्जा, सर्जिकल मास्क, फेस सिल्ड, सेनिटाईजर लगायतका स्वाथ्य समाग्री प्रदान गरेको जनाएको छ ।