Logo

क्याबिनेट बसेर मन्त्रिहरुको बिदावारी



काठमाडौं, २१ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले जनता समाजवादी पार्टीलाई समावेश गरी मन्त्रिमण्डल पुर्नगठन गरेको जानकारी आजको मन्त्रिपरिषद्को बैठकमा गरेका छन् । उनले मन्त्रीहरुलाई धन्यवाद समेत दिएका छन् ।

पुर्नगठित मन्त्रिमण्डलमा पुराना ४ जनालाई मात्र समावेश गरिएको छ । विष्णु पौडेल, वसन्त नेम्वाङ, कृष्णगोपाल श्रेष्ठ र लीलानाथ श्रेष्ठमात्र दोहोरिएका छन् ।

ओलीले अहिलेको मन्त्रिमण्डलमा रहेका मन्त्रीहरुको राम्रो भूमिका रहेको भन्दै अब चुनावी तयारीमा लाग्नुपर्नेमा समेत जोड दिएको बुझिएको छ ।-फाइल तस्बिर



प्रतिक्रिया दिनुहोस्