Logo

३९ महिना परराष्ट्रमन्त्री बन्दासमेत केहि कमाउन सकेनन् प्रदीप ज्ञवालीले



काठमाडौं, जेठ २२ । निवर्तमान परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले ३९ महिना परराष्ट्रमन्त्री बन्दा समेत खासै केहि नकमाएको देखाएका छन् ।

सरकारबाट बाहिरिएपछि समाजीक सञ्जालबाट आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका ज्ञवालीले शुक्रबारसम्म आफुले साता लाख ४१ हजार सात सय ७५ रुपैयाँ कमाएको बताएका छन् । ज्ञवालीले सार्वजनिक गरेको हालको बचत अनुसार एक महिनामा १९ हजार रुपैयाँ मात्रै बचत भएको देखिएको छ ।

झण्डै सवा ३ वर्ष पदमा रहेका उनले पाएको तलब-भत्ताबाट पार्टीलाई दिएको लेभी र कर कट्टीपछिको बचत विवरण साढे सात लाखमात्रै रहेको बताएका छन् ।

सरकारबाट बाहिरिएपछि प्रयोग गरेको गाडी र ल्यापटपसमेत सरकारको जिम्मा लगाएको बताएका ज्ञवालीले झण्डै सवा ३ वर्षमा विदेश भ्रमण बापतको लेभी तीन लाख १४,नौ ३० र पारिश्रमिक बापतको लेभी ६ लाख २० हजार गरी जम्मा नौ लाख ३४ नौ सय ३० रुपैयाँ पार्टी खातामा जम्मा भएको र पारिश्रमिकको कर कट्टीबापत तीन लाख ७२ हजार चार सय ९१ रुपैयाँ १३ पैसा सरकारी कोषमा दाखिला भएको जनाएका छन्।

आफ्नो सम्पत्ति विवरणमा कुनै फेरबदल नभएको दाबी गरेका ज्ञवालीले केही घरायशी सामान एवं दुई सय जति पुस्तक थपिनु बाहेक आफुले केहि नकमाएको देखाएका छन् । समाजीक सञ्जालमा हाल यो विषयले चर्चा पाईरहेको छ ।



प्रतिक्रिया दिनुहोस्