काठमाडौं, २२ जेठ । मधेशवादी नेताहरुको हालीमुहाली रहेको जनता समाजवादी पार्टीभित्र जातीय राजनीति स्पष्ट देखिएको छ । जसपा विभाजित हुँदा उपेन्द्र यादव र महन्थ ठाकुर दुई समूह खडा भएको छ । उपेन्द्र यादव समूहमा यादव समुदायकै बाहुल्यता छ । महन्थ ठाकुर समूहको कार्यकारिणी अब यादवरहित भएको छ । राजकिशोर यादव तटस्थ देखिएपछि गैरयादव बनेको हो ।
जसपाभित्रको पछिल्लो राजनीतिक संरचना हेर्दा उपेन्द्र यादवसँग बहुमत कार्यकारिणी सदस्य छन् । त्यसमा पनि यादवहरुको संख्या उल्लेख्य छ । ठाकुर समूहमा अधिकांश मधेशी ब्राम्हण, कायस्थ र उच्च जाति रहेका छन् । यसरी जसपा यादव र गैर यादव दल जस्तो भएको छ ।
महन्थ ठाकुर पक्ष ओली सरकारमा सहभागी हुँदा ८ मन्त्री र २ राज्यमन्त्री गरी १० जना सहभागी हुँदा एकजना पनि यादव परेनन् । जबकि जसपाभित्र विघटित प्रतिनिधि सभामा यादवहरुको उल्लेख्य संख्या थियो । तराईका जातिमध्ये सबैभन्दा ठूलो जनसंख्या यादवकै छ । तर, जसपा सरकारमा सहभागी हुँदा एकजना पनि यादव नपर्नुलाई अर्थपूर्ण मानिएको छ ।
ओली सरकारमा यतिबेला एकजना पनि यादव समुदायका मन्त्री छैनन् । जसपाको ठाकुर समूहले कुनै पनि यादवलाई मन्त्रीका लागि अगाडि सारेनन् । ओलीले पनि एमालेबाट कुनैपनि यादव समुदायलाई सारेनन् ।
महन्थ ठाकुर पक्षमा रहेका कार्यकारिणी समितिमा पछिल्लो समय तीनजना यादव समुदायका थिए । जसमध्ये मृगेन्द्र कुमार सिंह यादव र रामनरेश राय यादव उपेन्द्रको समूहमा गएका छन् । मृगेन्द्र राष्ट्रियसभा सदस्य हुन् भने रामनरेश प्रदेश २ का मन्त्री हुन् । राजकिशोर यादव हिजोबाट तटस्थ भूमिकामा रहे ।
यसअघि महेन्द्र राय यादव, गजाधर यादव र रमेश यादव पनि उपेन्द्र यादव समूहमा गएका थिए । महेन्द्र राय तत्कालीन राष्ट्रिय जनता पार्टीका संस्थापक नेता तथा अध्यक्षमण्डलमा थिए ।
जसपाको ५१ सदस्यीय कार्यकारिणी समितिमा उपेन्द्र यादव समूहले ३० भन्दा बढी रहेको दाबी गरेको छ । जसमध्ये ७ जना यादव समुदायका छन् । अशोक राई र डा. बाबुराम भट्टराई पक्षधरबाहेक उपेन्द्र यादव पक्षधरलाई मात्र गणना गरेर केलाउने हो भने कार्यकारिणी सदस्यमा उनी पक्षधर अधिकांश यादव समुदायका छन् । मुसलमान समुदायकाहरुको पनि उपेन्द्र यादव समूहमा बाहुल्यता छ ।
कार्यकारिणमा को कता
उपेन्द्र यादव पक्षधर
डा. बाबुराम भट्टराई
उपेन्द्र यादव
अशोककुमार राई
महेन्द्र राय यादव
राजेन्द्र प्रसाद श्रेष्ठ
नवराज सुवेदी
युवराज कार्की
रकम चेम्जोङ
रेणुकुमारी यादव
लालबाबु राउत
हिसिला यमी
गंगानारायण श्रेष्ठ
रनध्वज लिम्बु
राम सहाय प्रसाद यादव
डम्मर बल्लभ खतिवडा
दान बहादुर विश्वकर्मा
प्रकाश अधिकारी
मोहम्मद ईस्तियाक राई
दुर्गा सोव
परशुराम बस्नेत
प्रशान्त सिंह
भक्तबहादुर शाह
सुशीला श्रेष्ठ
विजयकुमार यादव
राजकुमार लेखी
परशुराम खापुङ्ग
हेमराज राई
मृगेन्द्र कुमार सिंह यादव
नवल किशोर साह
राम नरेश राय यादव
महन्थ ठाकुर पक्षधर
महन्थ ठाकुर
राजेन्द्र महतो
शरत्सिंह भण्डारी
अनिलकुमार झा
सर्वेन्द्रनाथ शुक्ल
वृषेश चन्द्र लाल
गोविन्द चौधरी
जीतेन्द्र प्रसाद सोनार
उमाकान्त झा
चन्दा चौधरी
लक्ष्मणलाल कर्ण
मनिष कुमार सुमन
अमृता अग्रहरी
रेशमलाल चौधरी
केशव कुमार झा
अकवाल अहमद शाह
निर्जला राउत
सुनिल कुमार झा
तटस्थ
राजकिशोर यादव