काठमाडौं, २३ जेठ । साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा गत वर्षको तुलनामा ५ दशमलव ४७ प्रतिशत खुद नाफा बढाएको छ । कम्पनीको अनुसार यो चालु आवमा २ करोड ५२ लाख ९९ हजार खुद नाफा गरेको हो । गत वर्ष सोही अवधिमा २ करोड ३९ लाख ८६ हजार मात्र खुद नाफा गरेको थियो ।
कम्पनीले हिजो दोस्रो त्रैमाससम्मको सार्वजनिक गरेको वित्तिय विवरणमा आम्दानी पनि २५ प्रतिशतले बढेको छ । यो वर्ष ५ अर्ब ८९ करोड १४ लाख ६७ हजार आम्दानी गरेको कम्पनीले गत वर्ष ४ अर्ब ७० करोड आम्दानी गरेको थियो ।
कम्पनीको जगेडा कोषमा १ अर्ब ३१ करोड ४७ लाख १९ हजार सुरक्षित गर्न सफल भएको छ । यो गत वर्षको तुलनामा ०.५४ प्रतिशतले बढी हो । १९ करोड २० लाख २४ हजार रुपैयाँ हाल कम्पनीको चुक्तापुँजी रहेको विवरणमा उल्लेख गरिएको छ । त्यस्तै, ६.४७ प्रतिशतले कम्पनीको कुल सम्पत्ति बढाएर ९ अर्ब ३५ करोड ८९ लाख ५५ हजार रुपैयाँ पुर्याएको छ ।