युवराज मैनाली : रामप्रसादसँग आज पैसा थिएन । उसलाई चुरोटको तलतल साह्रै लागिरहेको थियो । रातको एक बजिसकेको थियो । ऊ ओछ्यानबाट उठ्यो । बिस्तारै मूल ढोका खोल्यो । चोक नाघेर सडकमा पुग्यो । बाटामा फालिएका केही ठुटा यताउति हेर्दै टिप्यो ।
एउटा ठुटो सल्कायो । लाइटरको मधुरो प्रकाशमा उसले देख्यो– एक जोडी छाया गल्लीको कुनामा तलतल मेटाइरहेका थिए । अलि पर पुग्यो– जहाँ भट्टी थियो । त्यहाँ मधुरो बत्ती बलिरहेको थियो । त्यहाँबाट अनौठो आवाज आइरहेको थियो दिनभरिको रिपोर्टिङको । उसले सोच्यो– मेरो तलतलभन्दा त यो तलतल झन ठूलो रहेछ ।
भाोलिपल्ट ऊ सरकारी कार्यालयमा चहार्दै थियो । त्यहाँ उसले जे देख्यो र सुन्यो । उसले तलतलको हद नाघेको देख्यो । राजनीतिक दलको कार्यालयमा चहा¥यो । तलतल त सबैभन्दा बढी त्यहीँ आसन जमाएको रहेछ भन्दै ऊ रत्नपार्कमा गएर लम्पसार प¥यो ।