Logo

काँग्रेस साँढे ३ वर्षपछि सरकारमा



काठमाडौं, २३ जेठ । नेपाली काँग्रेस चार वर्षपछि सरकारमा गएको छ । कर्णाली प्रदेश सरकारमा काँग्रेस सहभागी भएको हो ।

काँग्रेसबाट जलस्रोत तथा उर्जा विकासमन्त्रीमा दिनबन्धु श्रेष्ठ र सामाजिक विकासमन्त्रीमा यज्ञबहादुर बिसीले सपथ लिएका छन् । कर्णाली प्रदेशमा मुख्यमन्त्रीसहित ३, काँग्रेसका २ र एमालेबाट निष्काशित ३ जना मन्त्री छन् ।

२०७४ सालको आमनिर्वाचन नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वको सरकारले गरेको थियो । त्यसयता काँग्रेस केन्द्र र प्रदेश कुनैपनि सरकारमा सहभागी छैन ।

कर्णाली प्रदेशमा माओवादी केन्द्रबाट मुख्यमन्त्री बनेका महेन्द्रबहादुर शाही नेतृत्वको सरकार जोगाउन काँग्रेसले मुख्य भूमिका खेलेको थियो । काँग्रेससहित नेकपा एमालेका तत्कालीन ४ सांसदले शाहीविरुद्धको अविश्वासको प्रस्तावको विपक्षमा मतदान गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्