Logo

सेनाले पछिल्लो राजनीतिक घटनाक्रमलाई नियालिरहेको छः प्रधानसेनापति



काठमाडौं, जेठ २४ । प्रधानसेनापति पूर्णचन्द्र थापाले देशमा विकसित पछिल्लो राजनीतिक घटनाक्रमलाई सेनाले नजिकबाट हेरिरहेको बताएका छन्। प्रधानसेनापतिमा नियुक्त भएको एक हजार दिन पुगेको अवसर पारेर आइतबार आयोजना भएको अन्तक्र्रिया कार्यक्रममा प्रधानसेनापति थापाले अहिलेको आवश्यकता भनेको द्वन्द्व नभई शान्तिपूर्ण तरिकाले देशको राजनीतिक घटनाक्रमलाई निकास दिने रहेको बताए।

नेपाली सेना अराजनैतिक चरित्रको एउटा विशुद्ध व्यवसायिक संगठन भएको जिकिर गर्दै उनले संविधानले व्यवस्था गरेअनुरूप हरेक समस्याको समाधान खोज्नुपर्नेमा जोड दिए । प्रधानसेनापति थापाले भने–‘नेपाली सेनाले राजनीतिमा के भएको छ भन्ने हेर्छ तर संवैधानिक बाटोभन्दा बाहिर गएर केही पनि गर्दैन ।’

राजनीति परिस्थितिबाट उत्पन्न हुनसक्ने सुरक्षा चुनौतीको सामना गर्नका लागि सेनासहित अन्य सुरक्षा निकायले पनि ध्यान दिनुपर्ने बताउँदै उनले सेना राजनीतिभन्दा बाहिर रहेकाले कुनै पनि समस्याको हल विधि र पद्दतिअनुसार खोज्नुपर्ने बताए।

सैनिक नेतृत्वले अहिलेको घटनाक्रमलाई सुझबुझका साथ हेरेको बताउँदै प्रधान सेनापति थापाले अहिलेको समस्या राजनीतिकरूपमा नै समाधान हुनुपर्ने विचार व्यक्त गरे । उनले हिजो हिंसाको बाटो रोजेको विप्लव समूह अहिले शान्तिपूर्ण राजनीतिक बाटोतर्फ अगाडि बढेकोले अब पुनः द्वन्द्वमा जाने सम्भावना आफूले नदेखेको बताए । नेपाल समाचारपत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्