काठमाडौं, जेठ २४ । नेकपा एमालेको माधवकुमार नेपाल-झलनाथ खनाल समूहले स्थायी कमिटीको बैठक बस्न लागेको छ ।
प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकताका लागि राखेका प्रस्तावबारे छलफल गर्न नेपाल–खनाल समूहले बैठक बोलाएको हो । बैठक अहिले बिहान ११ बजे भर्चुअल मार्फत गर्न लागिएको हो ।
आइतबार प्रधानमन्त्री एवम् नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई २०७५ जेठ ३ पूर्वको अवस्था अवस्थाबाट अघि बढाउन आफू तयार रहेको बताएका थिए ।
ओलीको प्रस्तावप्रति एकीकृत धारणा बनाउन नेपाल-खनाल समूहले आज स्थायी कमिटी बैठकमा छलफल गर्न लागेको हो ।