Logo

कुमारी बैंकका ग्राहकले टेलेउपचारको सेवामा १० प्रतिशत छुट पाउने



काठमाडौं, २४ जेठ । कुमारी बैंक तथा टेलेउपचार डटकमबीच व्यवसायिक सहकार्य गर्ने सम्झौता भएको छ । सम्झौतापछि बैंकका ग्राहकले टेलेउपचार डटकमको सेवा प्राप्त गरी कुमारी बैंकको डिजिटल उपकारण प्रयोग गरी भुक्तानी गर्दा १० प्रतिशत छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

कुमारी बैंकको आधिकारिक एप “कुमारी स्मार्ट” वा कुमारी बैंकको कार्ड प्रयोग गरी भुक्तानी गर्दा बैंकमा खाता भएका ग्राहकलाई टेलिउपचार डटकमबाट १० प्रतिशत छुट पाउनेछन् ।

बैंकको अनुसार टेलेउपचारमा सुरक्षित रूपमा आफुले रोजेका डक्टर वा चिकित्सकहरूसँग अनलाइन परामर्श लिन सकिन्छ । टेलेउपचारको वेबसाइट वा मोबाइल एपबाट डाक्टरहरूसँग समय लिई छिटोभन्दा छिटो स्वास्थ्य सेवा प्राप्त गर्न सकिन्छ । अहिलेको कोभिड महामारीको विषम परिस्थितिमा सम्पूर्ण ग्राहकलाई सम्पूर्ण स्वास्थ्य मापदण्ड पालना गरी सुरक्षित रहन अनुरोध गर्दै बैंकका ग्राहकले भौतिक उपस्थिति बिना सहज र सुरक्षित स्वास्थ्य सेवा लिन यो सुविधाबाट सहयोग पुग्नेमा बैंकले विश्वास लिएको छ ।



प्रतिक्रिया दिनुहोस्